Market Closed

बीओकेको संस्थापकले बेच्ने भए २७ हजार ४४१ कित्ता सेयर, किन्नलाई ३५ दिनको म्याद

23 Jan,2018
  • bok-ps_5_4_2017_10_45_06_1_23_2018_3_09_43.jpg
नेपाली पैसा 
 
काठमाडौं : बैंक अफ काठमान्डूका एक जना सेयरधनीले २७ हजार ४४१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी फणिन्द्र कुमारी अर्यालकोे नाममा रहेकोे यो सेयर बिक्री गर्न बैंकले सार्वजनिक रुपमा आव्हान गरेको छ । यो सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ । किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंक अफ काठमान्डूले संस्थापक सेयरधनीको हिस्सा ५१% बनाउन मंसिर २२ देखि २९ गतेसम्म ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गरेको थियो । हाल बीओकेको चुक्ता पुँजी ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ६ अर्ब २४ करोड ५३ लाख ८२ हजार ७०० रुपैयाँ पुगेको छ । 
 
 
 

Post Your Comment