बैंक अफ काठमान्डू सकेन उठ्न, खुद नाफा ८.२९% ले घट्यो

28 Jan,2018
  • bok-ps_5_4_2017_10_45_06_1_28_2018_10_28_41.jpg
नेपाली पैसा
 
काठमाडौं : बैंक अफ काठमान्डूले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा ८.२९% ले खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा ६० करोड १४ लाख ४७ हजार रुपैयाँ खुद नाफा गरेको बैंकको खुद नाफा यो वर्ष ५५ करोड १५ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानीमा र सञ्चालन नाफा दुवैमा गिरावट आएपछि खुद नाफा पनि खुम्चिएको हो । बैंकको खुद ब्याज आम्दानी ०.३५% ले घटेर १ अर्ब ३० करोड ५२ लाख ७ हजार रुपैयाँमा आएको छ । यता, बैंक अफ काठमान्डूको सञ्चालन नाफा पनि १२.६३% ले घटेर ७५ करोड ६५ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष बैंकले ८६ करोड ५९ लाख ९८ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । बैंकले यो त्रैमासमा ६ करोड ८६ लाख ७५ हजार रुपैयाँ राइट ब्याक गरेको छ । प्रोभिजनमा भने २३ करोड ५९ लाख ६६ हजार रुपैयाँ छुट्याएको छ ।
 
बैंक अफ काठमान्डूको निक्षेप संकलनमा ०.६३% मात्र वृद्धि हुँदा कर्जा लगानी २.९९% ले बढेको छ । बैंकले ७० अर्ब ४३ करोड ९८ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यता, दोस्रो त्रैमाससम्ममा बैंकले ६४ अर्ब ६६ करोड ९४ लाख २३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी १०.९४% ले बढाएर ६ अर्ब २४ करोड ५३ लाख ८३ हजार रुपैयाँ पुर्याएको छ । यसैगरी, रिजर्भ कोषमा पनि ७७.९२% को वृद्धि भएको छ । रिजर्भ कोषमा अहिले ४ अर्ब ८९ करोड ७५ लाख ७ हजार रुपैयाँ छ । यता, बैंकको खराब कर्जा अनुपात गत वर्षको भन्दा बढेर १.८६% पुगेको छ । कस्ट अफ फन्ड पनि ४.१५% बाट बढेर ७.६०% पुगेको छ । बैंक अफ काठमान्डूको प्रतिसेयर आम्दानी (वार्षिक) १७ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ४२ पैसा छ ।

बैंक अफ काठमान्डूको विस्तृत वित्तीय विवरण यहाँ हेर्नुहोला 
http://www.nepalipaisa.com/documentviewer.aspx/BOKL/Bank%20of%20Kathmandu%20Ltd./file/bank_of_kathmandu,_2nd_qtr_watermark_1_28_2018_10_41_36_AM.pdf

Post Your Comment