Market Closed

बैंक अफ काठमान्डूको नाफा ७२.६५% ले विस्तार, अझै कति पुगेको छैन पुँजी ?

16 Nov,2018
  • bokl_new_4_26_2018_11_30_04_8_16_2018_12_49_11.jpg
नेपाली पैसा
 
काठमाडौं : बैंक अफ काठमान्डूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड ६८ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा ७२.६५% ले वृद्धि गरेको हो । गत वर्ष बीओकेले २२ करोड ४० लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पहिलो त्रैमाससम्म यसको वितरण योग्य खुद नाफा भने २७ करोड ५६ लाख ३९ हजार रुपैयाँ रहेको छ । 
 
बैंकले खुद ब्याज आम्दानी ५३.०३% ले वृद्धि गरी ८७ करोड ७९ लाख ९ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा ५४ करोड ७७ लाख ४४ हजार रुपैयाँ रहेको छ । बीओकेले ७९ अर्ब ९५ करोड ७४ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ९५ करोड ४० लाख ४८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा १.६१% र कस्ट अफ फन्ड ७.८५% छ । पहिलो त्रैमासको अन्त्यमा बीओकेको बेस रेट १०.६२% छ ।
 
बैंक अफ काठमान्डूले अझै राष्ट्र बैंकले तोके अनुसार न्यूनतम ८ अर्ब चुक्त पुँजी पुर्याउन सकेको छैन । अहिले यसको चुक्ता पुँजी ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ छ । रिजर्भ कोषमा ५ अर्ब ९६ करोड १४ लाख रुपैयाँ छ । बीओकेको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८८ पैसाबाट बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ २९ पैसा छ ।

बैंक अफ काठमान्डूको वित्तीय रिपोर्ट हेर्नुहोस्
 

Post Your Comment