Market Closed

बैंक अफ काठमान्डूले २५% लाभांश दिने, पुँजी ८ अर्ब बनाउन १४% बोनस सेयर

14 Dec,2018
  • bokl_new_4_26_2018_11_30_04_8_16_2018_12_49_11.jpg
नेपाली पैसा
 
काठमाडौं : बैंक अफ काठमान्डूले २५% लाभांश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १४% बोनस सेयर र ११% नगद गरी कुल २५% लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने बैंकले जनाएको छ ।
 
प्रस्तावित बोनस वितरणपछि मात्र यो बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ कट्नेछ । हाल यसको चुक्ता पुँजी ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ मात्र छ । बोनसपछि पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ पुग्नेछ । बैंक अफ काठमान्डूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड ६८ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

Post Your Comment