Market Closed

बैंक अफ काठमान्डूको १४% बोनसपछि कतिमा भयो मूल्य समायोजन ?

14 Jan,2019
  • bokl_new_4_26_2018_11_30_04_8_16_2018_12_49_11.jpg
नेपाली पैसा
 
काठमाडौं : बैंक अफ काठमान्डूको १४% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयरपछि यो बैंकको समायोजित सेयर भाउ प्रतिकित्ता २८८ रुपैयाँ ६० पैसा कायम भएको छ । सोमबार बैंक अफ काठमान्डूको सेयर कारोबार सोही मूल्यलाई आधार मानेर खेलेको छ । यसको औसत आधार मूल्य भने ३२८ रुपैयाँ ३० पैसा कायम भएको छ ।
 
बैंक अफ काठमान्डूले माघ १७ गते हुने वार्षिक साधारण सभामा १४% बोनस सेयर र ११% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यसका लागि बैंकले सोमबारदेखि बुक क्लोज गरेको हो ।
 
बैंकले सेयर ब्रोकरको काम गर्न प्रबन्धपत्र तथा नियममावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । बैंक अफ काठमान्डूको हाल चुक्ता पुँजी ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ छ । प्रस्तावित १४% बोनस वितरणपछि पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ पुग्नेछ । 

Post Your Comment