Market Closed

बीओकेले पनि ब्रोकरको काम गर्ने : लगानीकर्तालाई २५% लाभांश, कहिले हुँदैछ एजीएम ?

23 Jan,2019
  • bokl_new_4_26_2018_11_30_04_8_16_2018_12_49_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : बैंक अफ काठमान्डू (बीओके) ले माघ १७ गते साधारण सभा बोलाएको छ । बैंकले २५% लाभांश वितरण गर्ने पस्ताव सभामा लैजाने छ । बीओकेले गत वर्षको नाफाबाट १४% बोनस सेयर र ११% नगद लाभांश वितरण गर्न लागेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण प्रक्रिया सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि बीओकेले पुस ३० गतेदेखि सभा हुने दिन सम्म बुक क्लोज गरिरहेको छ । यसर्थ, पुस २९ सम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

साधारण सभा एलिस रिसेप्सन, गैरीधारा काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । बैंकले सेयर ब्रोकरको काम गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । हाल यसको चुक्ता पुँजी ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ छ ।

बोनसपछि पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ पुग्नेछ । बैंक अफ काठमान्डूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड ६८ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

Post Your Comment