Market Closed

बीओकेले ११% नगद लाभांश बैंक खातामा पठाउँदै, बोनस कहिले ?

04 Feb,2019
  • bokl_new_4_26_2018_11_30_04_8_16_2018_12_49_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : बैंक अफ काठमाडौं (बीओके) ले सेयरधनीको खातामै नगद लाभांश पठाइदिने भएको छ । पुस २९ गतेसम्म डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएकाहरुलाई नगद लाभांश जम्मा गर्ने तयारी भइरहेको बैंकले जनाएको छ । अहिलेसम्म पनि डिम्याट नगरेकालाई तत्काल सेयर डिम्याट गर्न पनि बैंकले भनेको छ । 
 
लगानीकर्ताले आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा अन्य निक्षेप सदस्यमा गएर डिम्याट खाता खोल्न सक्नेछन् । त्यसपछि मात्र खातामा नगद लाभांश जम्मा हुनेछ ।

बीओकेको माघ १७ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट १४% बोनस र ११% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंकले नगद लाभांश पठाएपछि फेरि लगानीकर्ताको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिनेछ । 
 
 
 

Post Your Comment