Market Closed

बैंक अफ काठमान्डूको नाफा ३३.७१% ले विस्तार, इपीएस र रिजर्भ कोष मजबुत बन्दै

11 Feb,2019
  • bokl_new_4_26_2018_11_30_04_8_16_2018_12_49_11.jpg
नेपाली पैसा
 
काठमाडौं : बैंक अफ काठमान्डूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७३ करोड ७५ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा ३३.७१% ले वृद्धि गरेको हो । गत वर्ष बीओकेले ५५ करोड १५ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
दोस्रो त्रैमाससम्म यसको वितरण योग्य नाफा भने ६६ करोड ७३ लाख ११ हजार रुपैयाँ रहेको छ । बैंकले खुद ब्याज आम्दानी ३५.५४% ले वृद्धि गरी १ अर्ब ७६ करोड ९१ लाख १२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बीओकेले १ अर्ब ३० करोड ५२ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि ७७ करोड ५२ लाख रुपैयाँबाट बढाएर १ अर्ब ४ करोड ८७ लाख ६७ हजार रुपैयाँ पुर्याएको छ ।
 
हालसम्म बीओकेले ८० अर्ब २१ करोड ८२ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ५३ करोड ८३ लाख २ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष ७० अर्ब ७२ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब ४१ करोड ६६ लाख ४० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको खराब कर्जा १.८६% बाट बढेर २.०८% पुगेको छ । कस्ट अफ फन्ड पनि ७.६०% बाट बढेर ७.९१% पुगेको छ । बीओकेको बेस रेट १०.६०% रहेको छ । 
 
हाल यसको चुक्ता पुँजी ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ रहेको छ । बैंकको माघ १७ गते सम्पन्न साधारण सभाबाट पारित १४% बोनस सेयरपछि भने चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ पुगेको छ ।

यसको रिजर्भ कोषमा भने ६ अर्ब १२ करोड ४९ लाख ६६ हजार रुपैयाँ रहेको छ । गत वर्ष रिजर्भमा ४ अर्ब ८९ करोड ७५ लाख रुपैयाँ मात्र थियो । बीओकेको प्रतिसेयर आम्दानी पनि १७ रुपैयाँ २ पैसाबाट बढेर २० रुपैयाँ ८६ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ६० पैसा छ ।

Post Your Comment