Market Closed

अब बैंक अफ काठमान्डू लुम्बिनीको सेयर रजिष्ट्रार नबिल इन्भेस्टमेन्ट

15 Sep,2016
  • bank_of_kathmandu_lumbini_resize_9_16_2016_9_59_58.jpg
नेपाली पैसा 
काठमाडौं : बैंक अफ काठमान्डू लुम्बिनीले सेयर रजिष्ट्रारमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । 
 
बैंक अफ काठमान्डू र लुम्बिनी बैंक आपसमा मर्ज भएर बैंक अफ काठमान्डू लुम्बिनी बनेपछि नयाँ सेयर रजिष्ट्रार छानिएको हो । 
 
यसअघि बैंक अफ काठमान्डूले सेयरसम्बन्धी काम आफैंले गर्ने गरेको थियो भने लुम्बिनी बैंकले नागरिक लगानी कोषलाई जिम्मा दिएको थियो । 
 
बैंकले भदौ ३१ देखि सेयर दाखिला खारेज गर्ने, सेयर टुक्र्याउने, नामसारी गर्ने, धितोबन्धक राख्ने तथा सीडीएस अन्तर्गतको रजिष्ट्रार तथा हन्तारन्तरणको काम नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले गर्ने बिहीबार जानकारी दिएको छ । 
 
यसअघिको लिन बाँकी रहेको नगद लाभांश तथा बोनस सेयर भने मर्ज हुनुभन्दा अघिको बैंक अफ काठमान्डूका लगानीकर्ताले सोही बैंकको कमलपोखरीस्थित् सेयर शाखाबाट र लुम्बिनी बैंकको नागरिक लगानी कोष, नयाँ बानेश्वरबाट लिन पनि बैंकले सबै सेयरधनीलाई आग्रह गरेको छ । 
 
बैंक अफ काठमान्डू र लुम्बिनी बैंक मर्ज भएर एकीकृत कारोबार सुरु भएको लामो समय भइसके पनि सेयर कारोबार भने खुला भएको छ । अब छिट्टै सेयर कारोबार पनि खुला हुने बैंकले जानकारी दिएको छ । 
 
सेयर कारोबार खुला गर्न केही प्राविधिक काम बाँकी भएकाले ढिला हुन गएको बैंकका अधिकारीले जानकारी दिएका छन् । 

Post Your Comment