Market Closed

बैंक अफ काठमान्डू लुम्बिनीको सुरू भयो कारोबार, पहिलो कारोबार ४७३ रूपैयाँमा, क्रेताको ओइरो

28 Sep,2016
  • bank_of_kathmandu_lumbini_resize_9_28_2016_11_37_56.jpg
नेपाली पैसा 
काठमाडौं : बैंक अफ काठमान्डू लुम्बिनीको सेयर कारोबार खुला भएको छ । 
एकीकृत कारोबार गरेको लामो समयपछि मंगलबारबाट सेयर कारोबार पनि सुचारु भएको हो । 
 
बैंक अफ काठमान्डू र लुम्बिनी बैंक आपसमा मर्ज भएर बैंक अफ काठमान्डू लम्बिनी बनेको हो । 
 
मर्जका कारण लामो समयसम्म सेयर कारोबार रोकिंदा लगानीकर्ता मारमा परेका परेका थिए । 
 
बैंक अफ काठमान्डू लुम्बिनी लिमिटेडको गत असार मसान्तसम्मको रिपोर्ट अनुसार चुक्ता पुँजी चार अर्ब ५७ करोड ६८ लाख ९१ हजार रूपैयाँ रहेको छ ।
 
यो दुवै बैंक मर्ज भएपछि कायम चुक्ता पुँजी हो । बैंकको रिजर्भ कोषमा तीन अर्ब ३० करोड ७९ लाख ९४ हजार रूपैयाँ छ । 
 
बैंकले गत आर्थिक वर्ष ७५ करोड ८१ लाख तीन हजार रूपैयाँ खुद नाफा गरेको थियो । असार मसान्तसम्मको रिपोर्ट अनुसार बैंकको प्रतिसेयर आम्दानी २४.५० रूपैयाँ छ । 
 
बैंक अफ काठमान्डू लुम्बिनीले सेयर रजिष्ट्रारमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

Post Your Comment