Market Closed

नाफा बढाउन कम्मर कस्दैछ बीओकेएल, पहिलो त्रैमासमा हात पर्यो २७ करोड खुद नाफा

14 Nov,2016
  • bank-of-kathmandu_11_14_2016_11_37_10.jpg
नेपाली पैसा 
 
काठमाडौं : बैंक अफ काठमान्डू लुम्बिनी (बीओकेएल) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड नौ लाख ७४ हजार रूपैयाँ खुद नाफा कमाएको छ । 
 
बैंकले गत वर्षभन्दा नाफा १० करोड २२ लाख २६ हजार रूपैयाँ बढाएको हो । गत वर्ष यही बेला बैंकको खुद नाफा जम्मा १६ करोड ८७ लाख ४८ हजार रूपैयाँमात्र थियो । 
 
बैंक अफ काठमान्डू र लुम्बिनी बैंक आपसमा मर्ज भएर बनेको बैंक अफ काठमान्डू लुम्बिनीको पहिलो त्रैमासको नाफाले लगानीकर्तालाई पक्कै पनि आशावादी भने बनाएको छ । 
 
चुक्ता पुँजी चार अर्ब ५७ करोड ६८ लाख ९१ हजार रूपैयाँ रहेको बीओकेएलको जगेडा कोषमा चार अर्ब २० करोड ६३ लाख ६६ हजार रूपैैंयाँ छ । यो जगेडा कोषलाई आकर्षक मान्नुपर्छ । 
 
दुई बैंक मर्ज हुँदा चार अर्ब ५७ करोडमात्र चुक्ता पुँजी भएकाले राष्ट्र बैंकले तोके अनुसारको चुक्ता पुँजी आठ अर्ब पुर्याउन बैंकले अझै ठूलोमात्रामा बोनस, हकप्रदसहितका योजना अघि सार्नुपर्ने अवस्था छ । 
 
यो नभए थप एक्वायर वा मर्ज गर्ने विकल्प पनि बैंकसँग बाँकी चाहिँ छ । चुक्ता पुँजी बढे अनुपातमा बैंकलाई प्रतिसेयर आम्दानीलाई माथि लैजान भने अलिबढी चुनौती नै भएजस्तो देखिन्छ । 
 
प्रथम त्रैमासको रिपोर्टमा बैंकको प्रतिसेयर आम्दानी २३ रूपैयाँ ६८ पैसा छ । प्रतिसेयर आम्दानीका आधारमा प्रत्येक वर्ष कम्पनीले लगानीकर्तालाई कतिसम्म लाभांश दिन सक्छ भनेर मोटामोटी अनुमान लगाउन सकिन्छ । 
 
बीओकेएलको प्रतिसेयर नेटवर्थ १९१ रूपैयाँ ९० पैसा छ । बैंकले खुद ब्याज आम्दानीलाई राम्रै बढोत्तरी गर्न सफल भएको छ । 
 
 
गत वर्ष यही बेला खुद ब्याज आम्दानी जम्मा ३४ करोड ७३ लाख २९ हजार रूपैयाँ रहेकामा अहिले यस्तो आम्दानी बढेर ६२ करोड ५० लाख पुगिसकेको छ । बीओकेएलको खराब कर्जा अनुपात १.१२ प्रतिशत छ । 
 
निक्षेप ६९ अर्ब कटाइसकेको बीओकेएलले ६१ अर्ब रूपैयाँभन्दा बढी कर्जा पनि प्रवाह गर्न सफल भएको छ । बैंकले सम्भावित जोखिम व्यवस्थापन गर्न नौ करोड ७६ लाख ९३ लाख छुट्याउँदा तीन करोड ३८ लाखभन्दा बढी राइट ब्याक गर्न सकेको छ । 

Post Your Comment