Market Closed

बैंक अफ काठमान्डू लुम्बिनीले ६२ लाख कित्ता एफपीओ ल्याउने, संस्थापक हिस्सा अब ५१ प्रतिशत

04 Jan,2017
  • fpo_1_4_2017_1_53_31.jpg
नेपाली पैसा 
 
काठमाडौं :  बैंक अफ काठमान्डू लुम्बिनीले प्रिमियममा संस्थापक सेयरको एफपीओ निष्कासन गर्ने भएको छ । बैंकले संस्थापक र सर्वसाधारण हिस्सा ४९ः५१ कायम गर्न एफपीओमार्फत संस्थापक सेयर निष्कासन  गर्न लागेको हो । हाल बैंकमा संस्थापक सेयर हिस्सा करिब ४६ प्रतिशत छ । यसलाई ५१ प्रतिशत पुर्याउन एफपीओ जारी गर्न लागिएको हो । यस आधारमा बैंकले ६२ लाख आठ हजार एक सय ३२ कित्ता एफपीओ प्रिमियम भाउमा बिक्री गर्ने भएको छ । बैंकको पुस १७ गते बसेको सञ्चालक समिति बैठकले एफपीओ निष्कासन गर्ने निर्णय गरेको हो । बैंक अफ काठमान्डू लुम्बिनीको हाल चुक्ता पुँजी चार अर्ब ५७ करोड ६८ लाख ९१ हजार रूपैयाँ रहेको छ । बैंकले २३ प्रतिशत बोनस सेयर दिने पनि प्रस्ताव गरेको छ । 
 
यो बैंकको रिजर्भ कोषमा चार अर्ब २० करोड रूपैयाँभन्दा बढी पैसा छ । बैंक अफ काठमान्डू र लुम्बिनी बैंक मर्ज भएर हाल बैंक अफ काठमान्डू लुम्बिनी नामबाट एकीकृत कारोबार भएको हो । यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड नौ लाख ७४ हजार रूपैयाँ खुद नाफा कमाएको छ । बैंक अफ काठमान्डू लुम्बिनीको प्रतिसेयर आम्दानी २३ रूपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ १९१ रूपैयाँ ९० पैसा छ । 

Post Your Comment