Market Closed

बुटवल पावर कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (बुधवार, २४ चैत २०७२)

06 Apr,2016
  • Butwal_Power_Company_Logo_4_6_2016_3_33_31.png

कम्पनीको २०७२/७३ आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ३३ दशमलव १७ प्रतिशत बढेर रू. ८ करोड १८ लाख पुगेको छ । विद्युत् विक्री आय र खुद सञ्चालन नाफा बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले पुसमा भएको साधारणसभाले पारित गरेको २० प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : न्यूट्रल जोन (५५ दशमलव ४४ स्केल)मा छ । खरीद विक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन ८ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्य रेखा र ७ दिने मूल्य रेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य र २१ दिने रेखा तथा ७ दिने रेखा र ट्रेण्ड लाइन एकै ठाउँमा आएका छन् । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ६ सय ५ मा टेवा र मूल्य महँगिएमा रू. ६ सय २० मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना
- खुद नाफा ३३ दशमलव १७ प्रतिशत बढेर रू. ८ करोड १८ लाख पुगेको छ । विद्युत् विक्री आय बढ्नाले र खुद सञ्चालन नाफा बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- गत आवमा चुक्तापूँजीको तुलनामा खुद नाफा ३ दशमलव ६७ प्रतिशत रहेको थियो । तर, चालू आवमा योे अनुपात ४ दशमलव ८९ प्रतिशत पुगेको छ ।

- जगेडा कोष ११ दशमलव २८ प्रतिशत बढेर १ अर्ब ८३ करोड पुगेको छ ।

- खुद चालू सम्पत्ति २८ दशमलव ३७ प्रतिशत घटेर ६९ करोड १५ लाखमा सीमित भएको छ । तर, खुद चालू दायित्व ३४ दशमलव ६२ प्रतिशत घटेर ३१ करोड ५१ लाख पुगेको छ ।

- खुद सञ्चालन मुनाफा ३२ दशमलव ३६ प्रतिशत बढेर ३६ करोड ६८ लाख पुगेको छ । विद्युत् विक्री आय ३२ दशमलव ३६ प्रतिशत बढेर ३६ करोड ६८ लाख पुगेको छ ।

- खुद सञ्चालन खर्च ३५ दशमलव ६३ प्रतिशत बढेर १३ करोड ८३ लाख पुगेको छ । प्रशासन खर्च १७ दशमलव ११ प्रतिशतले बढेको छ ।

- कम्पनीको दोस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार पीई रेशियो १ सय २३ गुणा र प्रतिशेयर आम्दानी रू. ४ दशमलव ८९ छ । हालको शेयर मूल्य नेटवर्थको ३ गुणा रहेको छ ।

Post Your Comment