Market Closed

बुटवल पावर कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (बुधवार, १९ जेठ २०७३)

01 Jun,2016
  • Butwal_Power_Company_Logo_4_6_2016_3_33_31_6_1_2016_1_47_25.png


कम्पनीको २०७२/७३ आवको तेस्रो त्रैमासमा खुद नाफा १९ दशमलव ४३ प्रतिशत बढेको छ । कम्पनीले गत मङ्सिरमा भएको साधारणसभाले पारित गरेको २० प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : ओभरबट जोन (८४ स्केल)मा छ । खरीद चाप बढेको छ । स्ट्याण्डर्ड डेभिएशन ४६ दशमलव ३९ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्य रेखा र ७ दिने मूल्य रेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य ७ दिने रेखा,२१ दिने रेखा र ट्रेण्ड लाइनभन्दा माथि रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ६ सय ५४ मा टेवा पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को तेस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना
- कम्पनीको २०७२/७३ आवको तेस्रो त्रैमासमा खुद नाफा १९ दशमलव ४३ प्रतिशत बढेर रू. ५८ करोड ५५ लाख पुगेको छ । विद्युत् विक्रीबाट भएको आम्दानी करीब २४ प्रतिशत र कुल आम्दानी १२ दशमलव ७० प्रतिशत बढ्नाले खुद नाफा बढेको हो ।

- जगेडा कोष ९ दशमलव ३४ प्रतिशत बढेर रू. १ अर्ब ९९ करोड पुगेको छ ।

- खुद चालू सम्पत्ति ८ दशमलव २९ प्रतिशत बढेर रू. ७२ करोड ४८ लाखमा सीमित भएको छ भने खुद चालू दायित्वमा केही सुधार भएको छ ।

- ऋण २० दशमलव ८१ प्रतिशत घटेर रू. ७३ करोड ४५ लाखमा सीमित भएको छ ।

- प्रशासनिक खर्च ५ दशमलव ६७ प्रतिशत घटेर रू. ७ करोड ८५ लाखमा सीमित भएको छ ।

- कम्पनीको तेस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार पीई रेशियो साढे १७ गुणा र प्रतिशेयर आम्दानी रू. ३५ छ । हालको शेयर मूल्य नेटवर्थको तीन गुणा छ ।

Post Your Comment