Market Closed

नेप्सेमा कुन–कुन कम्पनीको भयो १ करोड ९७ लाख ५९ हजार कित्ता सेयर सूचीकृत ?

06 Feb,2018
  • share_listing_2_6_2018_4_38_06.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा मंगलबार ६ कम्पनीको कुल १ करोड ९७ लाख ५९ हजार ४८९ कित्ता सेयर थपिएको छ । बैंक अफ काठमान्डूको ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर पनि सूचीकृत भएको छ । बैंक अफ काठमान्डूले गत मंसिर २२ गतेदेखि २९ गतेसम्म बिक्री खुला गरेको सेयर अहिले सूचीकृत गराएको हो । बैंकले फेस भ्यालु १०० रुपैयाँमा १६६ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २६६ रुपैयाँका दरले संस्थापक सेयर लिलामी गरेको थियो । यस्तै, आरएसडीसी लघुवित्तको २३ लाख कित्ता हकप्रद सेयर पनि सूचीकरण भएको छ । यता, छिमेक लघुवित्त, आइसीएफसी फाइनान्स, सोल्टी होटल र स्वदेशी लघुवित्तको भने बोनस सेयर सूचीकृत भएको छ । छिमेकको १९.८९%, आइसीएफसीको ११.०५%, सोल्टीको १५%, र स्वदेशीको १५% बोनस सेयर सूचीकृत भएको हो ।

 
 

Post Your Comment