Market Closed

नागबेली र छिमेकको आयो बम्पर, नाबेलीले ८० प्रतिशत दिंदा छिमेकको पनि ५२.७ प्रतिशत

28 Oct,2016
  • bonus_10_28_2016_1_30_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : नागबेली लघुवित्त विकास बैंकले लगानीकर्तालाई ८० प्रतिशत लाभांश दिने भएको छ । 
 
कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई यस्तो बम्पर उपहार दिन लागेको हो । यो निकै आकर्षक लाभांश हो । 
 
नागबेलीलले लगानीकर्तालाई ६० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश दिन लागेको हो । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई आकर्षक लाभांश प्रस्ताव गरेको हो । 
 
यो प्रस्ताव नियामक र साधारण सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ । 
यसैगरी, छिमेक लघुवित्त विकास बैंकले पनि लगानीकर्तालाई ५२.७ प्रतिशत लाभांश दिने भएको छ । 
 
छिमेकले ४० प्रतिशत बोनस सेयर र १२.७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यो प्रस्ताव पनि नियामक नेपाल राष्ट्र बैंक र साधारण सभाले अनुमोदन गरेपछि नै कार्यान्वयनमा आउन सक्नेछ । 
 
तिहार सुरु भएसँगै दुवै लघुवित्त कम्पनीले लगानीकर्तालाई खुशी बाँड्न सफल भएका हुन् । 

Post Your Comment