Market Closed

छिमेक लघुवित्तको साधारण सभा पुस १३ मा, ४० प्रतिशत बोनस र १२.७० प्रतिशत नगद लाभांश प्रस्ताव

07 Dec,2016
  • logo-en_12_8_2016_2_54_53.jpg
नेपाली पैसा
 
काठमाडौं : छिमेक लघुवित्त विकास बैंकको पन्धौं वार्षिक साधारण सभा पुस १३ मा भएको छ ।  
 
साधारण सभामा बैंकले चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर वितरण प्रस्ताव पारित गरिंदैछ । काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको छिमेकले साधारण सभा भने मकवानपुरको हेटौडास्थित् होटल सामनामा गर्दैछ । 
 
छिमेकले १२.७० प्रतिशत नगद लाभांश पनि दिंदैछ । यसका लागि सात कोड ५६ लाख ५९ हजार नौ सय ४५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरिएको छ । 
 
बैकले पँुजी संरचना परिवर्तन गरी संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने अर्को विशेष प्रस्ताव पनि सभामा लैजाँदैछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २६ देखि पुस १३ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने छ । 
 
५९ करोड ५७ लाख ४८ हजार चुक्ता पुँजी रहेको छिमेकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ६६ लाख ५३ हजार रपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिसेयर आम्दानी ८५ रुपैयाँ ०४ पैसा रहेको छिमेकको प्रतिसेयर नेटवर्थ भने दुई सय ४५ रुपैयाँ ३१ पैसा छ । 
 

Post Your Comment