Market Closed

लघुवित्त कम्पनीको तेस्रो त्रैमास : नाफा बढ्यो, जगेडा कोष पनि आकर्षक

11 May,2019
  • profit_img_5_11_2019_7_42_05.jpg
इशारा कोइराला
 
काठमाडौं : वैशाख महिना सकिनै लाग्दा पनि बैंक तथा वित्तीय संस्थामा चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको वित्तीय विवरण प्रकाशन गर्ने चाटारो सकिएको छैन । यस अवधिमा नेप्सेमा सूचीकृत ४१ लघुवित्त कम्पनीहरु मध्ये ३८ वटाले चैत मसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
 
दोस्रो बजारमा लघुवित्तको सेयर उच्च मूल्यमा कारोबार हुँदै आएका छन् । ३८ कम्पनीको तेस्रो त्रैमासिक विवरणलाई आधार मान्ने हो भने लघुवित्त कम्पनीहरुले झनै लगानीकर्ता लोभ्याउने देखिएको छ । वित्तीय विवरण सार्वजनिक गर्ने सबै लघुवित्त कम्पनीहरुको नाफा बढेको छ भने प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार आएको छ । हेरौं यस अवधि सम्म कुन कम्पनीको अवस्था कस्तो ?
 
३१ लघुवित्तको चुक्ता पुँजी बढ्यो, सबैभन्दा धेरै निर्धन उत्थानको
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म आइपुग्दा ३१ लघुवित्तको चुक्ता पुँजी गत वर्षको यसै अवधिमा भन्दा बढेको छ । ७ लघुवित्तको चुक्ता पुँजी गत वर्षकै यथावत रहेको छ । गत वर्षकै पुँजी यथावत हुनेमा आरम्भ, छिमेक, ग्रामीण विकास, लक्ष्मी, महिला, सपोर्ट र मिथिला लघुवित्त रहेका छन् । यद्दपि, पुँजी वृद्धि गर्न ग्रामीणले शुक्रबादेखि ५०% हकप्रद खुला गरको छ । 





यस अवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी बढाउनेमा मिर्मिरे लघुवित्त परेको छ । मिर्मिरेको चुक्ता पुँजी गत वर्षको यसै अवधिमा भन्दा १९१.५५% ले बढेर १३ करोड ११ लाख ९९ हजार रुपैयाँ पुगेको छ । यता, यी लघुवित्तमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी निर्धन उत्थान लघुवित्तको १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
 
चौतारी लघुवित्त बाहेक अन्य सबैको जगेडा कोष बढ्यो 
 
चैत मसान्तसम्म आइपुग्दा ३८ लघुवित्त मध्ये ३७ लघुवित्तको जगेडा कोष बढेको छ । चैतारी लघुवित्तको मात्र जगेडा कोष गत वर्षको भन्दा घटेको छ । चौतारीको जगेडा कोष गत वर्षको यसै अवधिमा भन्दा ६९.३५% ले घटेको हो । यस अवधिमा सपोर्ट माइक्रोफाइनान्सको जगेडा कोष सर्वाधिक ६५५.७३% ले बढेर ५५ लाख २४ हजार रुपैयाँ पुगेको छ । 





गत वर्ष यसै अवधिमा कम्पनीको जगेडा कोष ९ लाख ९४ हजार रुपैयाँ नोक्सानीमा थियो । यता, सबैभन्दा धेरै जगेडा कोष छिमेक लघुवित्तको रहेको छ । छिमेकको जगेडा कोष गत वर्षको यसै अवधिको तुलनामा १०७.४२% ले बढेर १ अर्ब ८१ करोड १४ लाख ८ हजार रुपैयाँ पुगेको हो । 
३८ वटै लघुवित्तको नाफा बढ्यो, सबैभन्दा धेरै स्वावलम्बनले कमायो
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म आइपुग्दा ३८ वटै लघुवित्त कम्पनीहरुले नाफा बढाएका छन् । यस अवधिमा भन्दा बढी नाफा बढाउनेमा आशा लघुवित्त र नयाँ नेपाल लघुवित्त रहेका छन् । यसै वर्ष साधारण सेयर (आइपीओ) जारी गरेका यी दुई कम्पनीको नाफामा अत्याधिक वृद्धि भएको देखिन्छ । 


त्यस्तै, आरम्भ, ग्लोबल आइएमई, महिला सहयात्रा, सपोर्ट र स्पर्श लघुवित्तको नाफा २००% भन्दा धेरैले बढेको छ । समता माइक्रोफाइनान्सको नाफा ३११.४१% ले बढेको छ । यस अवधिमा सबैभन्दा धेरै नाफा स्वावलम्बन लघुवित्तले कमाएको छ । स्वावलम्बनको नाफा गत वर्षको यसै अवधिमा भन्दा २२.९४% ले बढेर ७६ करोड ९० लाख २४ हजार रुपैयाँ पुगेको छ । 
 
 प्रतिसेयर आम्दानी कसको बढ्यो अनि कसको घट्यो ? 
 
यस अवधिमा ७ लघुवित्त कम्पनीले प्रतिसेयर आम्दानी घटाएका छन् । प्रतिसेयर आम्दानी घटाउनेमा कालिका, महुली सामुदायिक, मिर्मिरे, नागबेली, साना किसान, सूर्योदय, स्वावलम्बन र स्वरोजगार लघुवित्त रहेका छन् । 



 
यता, गत वर्ष नोक्सानमा रहेको सपोर्टको प्रतिसेयर आम्दानी अहिले ४ रुपैयाँ ६० पैसा पुगेको छ । यता, आरम्भ, आशा, सामुदायिक, स्वपर्श र चैतारीले यसै वर्ष आइपीओ जारी गरेकाले गत वर्षको प्रतिसेयर आम्दानी छैन । यस अवधिमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी छिमेक लघुवित्तको ८५ रुपैयाँ ७४ पैसा रहेको छ । 
 
१४ लघुवित्त कम्पनीको प्रतिसेयर नेटवर्थ घट्यो
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १४ कम्पनीको प्रतिसेयर नेटवर्थ घटेको छ । प्रतिसेयर नेटवर्थ घट्नेमा किसान, महुली सामुदायिक, मिर्मिरे, नयाँ नेपाल, नागबेली, आरएसडीसी, साना किसान, समिट, सपोर्ट, सूर्योदय, स्वावलम्बन, स्वदेशी, स्वरोजगार र उन्नति माइक्रोफाइनान्स हुन् । यता, सार्वधिक प्रतिसेयर नेटवर्थ बढाउनेमा छिमेक लघुवित्त रहेको छ । 


छिमेकको प्रतिसेयर नेटवर्थ गत वर्षको यसै अवधिको तुलनामा ९३ रुपैयाँ ८१ पैसाले बढेर २८१ रुपैयाँ १४ पैसा पुगेको छ । सबैभन्दा धेरै प्रतिसेयर नेटवर्थ साना किसान विकास लघुवित्तको २९४ रुपैयाँ ५६ पैसा रहेको छ । 
 

Post Your Comment