Market Closed

एकै दिन ६ कम्पनीको बोनसमा भयो मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

22 Dec,2017
  • Price_adjustment_12_22_2017_11_31_40.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जले एकै दिन ६ कम्पनीको बोनसमा मूल्य समायोजन गरेको छ । शुक्रबार सिभिल लघुवित्त, सिर्जना फाइनान्स, रुरल माइक्रोफाइनान्स, मुक्तिनाथ विकास बैंक, नेरुडे लघुवित्त र सूर्योदय लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको हो । सिभिल लघुवित्तको ४.५% बोनस समायोजनपछि ९४६ रुपैयाँ भाउ तोकिएको छ । यसको औसत आधार मूल्य भने ५२३ रुपैयाँ छ । सिभिलले पुस २७ गते बस्ने साधारण सभामा बोनस प्रस्ताव पेश गर्नेछ । सिर्जना फाइनान्सको पनि ३२.५% बोनस सेयरमा मूल्य समायोजनपछि भाउ प्रतिकित्ता ३३८ रुपैयाँ कायम भएको छ । यसको औसत आधार मूल्य चाहीँ ३२८ रुपैयाँ छ । यता, रुरल माइक्रोफाइनान्सको ५% बोनस सेयरपछि प्रतिकित्ता ६८४ रुपैयाँमा मूल्य समायोजन भएको छ । रुरलको औसत आधार मूल्य भने ६१२ रुपैयाँ छ ।

मुक्तिनाथ विकास बैंकको २०% बोनस सेयर समायोजनपछि भाउ प्रतिकित्ता ४५५ रुपैयाँ कायम भएको छ । बैंकको औसत आधार मूल्य ६५२ रुपैयाँ छ । यसैगरी, शुक्रबार नै नेरुडे लघुवित्तको १३% र सूर्योदय लघुवित्तको १९% बोनस सेयर पनि समायोजन भएको छ । नेरुडेको १३% बोनस समायोजनपछि सेयर मूल्य प्रतिकित्ता ८६९ रुपैयाँ कायम भएको छ । यसको औसत आधार मूल्य भने ९५९ रुपैयाँ छ । सूर्योदय लघुवित्तको १९% बोनस सेयर समायोजनपछि भाउ ११ सय ८ रुपैयाँमा आएको छ । सूर्योदयको औसत आधार मूल्य ६०४ रुपैयाँ छ । यी सबै कम्पनीले आगामी साधारण सभामा बोनस प्रस्ताव लैजानेछन् । साधारण सभा गर्न मुक्तिनाथ, रुरल माइक्रोफाइनान्स र सिभिल लघुवित्तले शुक्रबारदेखि बुक क्लोज गरेका हुन् । यता, सूर्योदय लघुवित्त र सिर्जना फाइनान्सले शनिबारदेखि बुक क्लोज गर्दैछन् । नेरुडेको भने आइतबारदेखि बुक क्लोज हुन लागेको हो । अब आइतबार बजार खुल्द यी सबै कम्पनीको सेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ ।

Post Your Comment