Market Closed

सिभिल बैंक पनि अघि बढ्यो, खुद १२६.६५% वृद्धि, राइट ब्याक ४६ करोड ९१ लाख

27 Apr,2018
  • Civil-Bank-Ltd__4_27_2018_12_27_15.jpg
नेपाली पैसा
 
काठमाडौं : सिभिल बंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२६.६५% ले खुद नाफा वृद्धि गरेको छ । सिभिलले गत वर्ष १५ करोड ४४ लाख ४७ हजार रुपैयाँ रहेको खुद नाफा वृद्धि गरी यो त्रैमासमा ३५ करोड ५४ हजार रुपैयाँ पुर्याएको हो । खुद ब्याज आम्दानीमा पनि २१.७१% सुधार गरी ८९ करोड २८ लाख १३ हजार रुपैयाँ पुर्याएको छ । 
 
यसैगरी, सञ्चालन नाफा १७ करोड ४६ लाख ५९ हजार रुपैयाँ रहेको छ । सञ्चालन नाफा गत वर्ष भन्दा ४८१.८१% ले धेरै भएको हो । तेस्रो त्रैमाससम्म आइपुग्दा सिभिलले ४६ करोड ९१ लाख ८३ हजार रुपैयाँ राइट ब्याक गरेको छ । सम्भावित जोखिममा ४४ करोड १७ लाख २३ हजार रुपैयाँ छुट्याएको छ । 
 
यता, बैंकले निक्षेप संकलन ९.१५% र कर्जा लगानी १७.१७% ले विस्तार गरेको छ । यसको निक्षेप ३६ अर्ब ९० करोड ६३ लाख २३ हजार रुपैयाँ र कर्जा लगानी ३४ अर्ब ९२ करोड ४८ लाख ८८ हजार रुपैयाँ पुगेको छ । सिभिलको कर्जा निक्षेप अनुपात ७७.७८% र खराब कर्जा ३.७४% छ । कस्ट अफ फन्ड गत वर्ष ६.३२% रहेकोमा यसपालि ८.८१% पुगेको छ ।
 
चुक्ता पुँजी गत वर्ष भन्दा ५१.२९% धेरै भए पनि राष्ट्र बैंकले तोकेको न्यूनतम ८ अर्ब रुपैयाँ पुर्याउन अझै बाँकी नै छ । यस त्रैमाससम्म चुक्ता पुँजी ६ अर्ब ९३ करोड ३४ लाख ८५० रुपैयाँ मात्र छ ।

रिजर्भ कोषमा पनि अहिले जम्मा १ अर्ब ९० करोड ८८ लाख ७६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९१ पैसा रहेको सिभिलको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ २४ पैसा छ ।

Post Your Comment