Market Closed

सिभिलको २९ लाख ९२ हजार कित्ता संस्थापक सेयर लिलामी भर्न बुधबार मात्र समय

23 May,2018
  • Civil-Bank-Ltd__45__5_23_2018_10_41_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिभिल बैंकको २९ लाख ९२ हजार २१०.२५ कित्ता संस्थापक सेयर लिलामी भर्ने बुधबार (जेठ ९ गते) अन्तिम दिन हो । बुधबार कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । बैंकले यसअघि २ पटकसम्म बिक्री खुला गर्दा नबिकेको संस्थापक समूहको २९ लाख ९२ हजार २१०.२५ कित्ता सेयर जेठ २ गतेबाट लिलामीमा ल्याएको हो । संस्थापक समूहको यस लिलामी सेयर सर्वसाधारणले पनि किन्न पाउनेछन् । 
 
सिभिलले यसअघि २ पटकसम्म लिलामी खुलाइसक्दा पनि सेयर बिक्री हुन सकेको छैन । सुरुमा बैंकले फागुन २३ गतेदेखि चैत १ गतेको समय सिमा तोकेर संस्थापक समूहको ३२ लाख ४४ हजार ६००.२५ कित्ता र सर्वसाधारण समूहको ९ लाख ९४ हजार ३५८.७५ बित्ता बिक्री खुला गरेको थियो । त्यस समयमा न्यून कित्ता मात्र बिकेको थियो । 
 
त्यसपछि पुनः चैत १४ देखि २१ गतेसम्म सर्वसाधारणले समेत भर्न पाउने गरी ३१ लाख २१ हजार ६००.२५ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको थियो । जसमा १ लाख २९ हजार ३९० कित्तामा मात्र आवेदन पर्यो । यसकारण, बाँकी सेयर फेरि लिलामीमा ल्याउनु परेको हो । 
यसमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ ।

न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ । बोलपत्र बिहीबार (जेठ १० गते)  सिभिल बैंक लिमिटेड कमलादी, काठमाडौंमा बिहान ११ बजे खोलिनेछ । हाल सिभिलको चुक्ता पुँजी ६ अर्ब ९३ करोड ३४ लाख ८५० रुपैयाँ मात्र छ ।

सम्पर्ण लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६२ रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिभिलले ३५ करोड ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९१ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ २४ पैसा छ ।
 
 

Post Your Comment