Market Closed

सिभिल बैंकले दिने भयो १०.२५% बोनस, अब कति पुग्छ चुक्ता पुँजी ?

05 Jun,2018
  • Civil-Bank-Ltd_6_5_2018_12_44_36.jpg
नेपाली पैसा
 
काठमाडौं : सिभिल बैंकले १०.२५% बोनस सेयर दिने भएको छ । बैंकले गत मंसिरमा निष्कासन गरेको ४०% हकप्रदपछि कायम ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३८१.८० रुपैयाँ चुक्ता पुँजीको १०.२५% बोनस दिने निर्णय गरेको हो । बैंकले बोनस सेयरमा लाग्ने कर तिर्न ०.५४% नगद लाभांश पनि दिइने जनाएको छ । बोनस वितरणपछि सिभिलको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३.८८ रुपैयाँ पुग्नेछ ।
 
बोनस तथा नगद लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र वितरण हुनेछ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३५ करोड ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९१ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ २४ पैसा छ ।

Post Your Comment