Market Closed

सेन्चुरीले ३८ करोड कमायो, प्रोभिजनमा १० करोड

09 Aug,2016
  • century-commercial_8_9_2016_1_32_45.jpg
नेपाली पैसा 
काठमाडौं : सेन्चुरी कमर्सियल बैंकले ३८ करोड २६ लाख २५ हजार रूपैयाँ खुद नाफा कमाएको छ । 
 
बैंकले अघिल्लो आर्थिक वर्षमा भन्दा नाफा १२ करोड १७ लाख ६० हजार रूपैयाँले बढाउन सफल भएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा जम्मा २६ करोड आठ लाख ६५ हजार रूपैयाँमात्र थियो । 
 
बैंकले ब्याज आम्दानीमा राम्रै बढोत्तरी गरेको छ । सेन्चुरीले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७२–७३ को अपरिस्कृत वासलत अनुसार ८७ करोड ९७ लाख ८८ हजार रूपैयाँ खुद ब्याज आम्दानी भएको छ । 
 
चुक्ता पुँजी दुई अर्ब ८४ करोड आठ लाख रूपैयाँ पुगेको सेन्चुरीको रिजर्भ कोषमा ५३ करोड २६ लाख ७५ हजार रूपैयाँ जम्मा भएको छ । बैंकले व्यापार बढाउन निक्षेप संकलन र कर्जा प्रवाहलाई पनि क्रमशः विस्तार गर्दै लगेको देखिन्छ । 
 
२८ अर्ब ९६ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरी २५ अर्ब आठ करोडभन्दा बढी कर्जा प्रवाह गर्न बैंक सफल भएको छ ।

बैंकले सम्भावित जोखिमबापत १० करोड ३७ लाख १८ हजार रूपैयाँ छुट्याउँदा यसअघि प्रोभिजन गरेको तीन करोड १२ लाख १६ हजार रूपैयाँ राइट ब्याक गर्न पनि सफल भएको छ । 
बैंकको खराब कर्जा ०.२४ प्रतिशत, कस्ट अफ फन्ड ४.१९ प्रतिशत, प्रतिसेयर आम्दानी १३.४७ रूपैयाँ, प्रतिसेयर नेटवर्थ ११८.७५ रूपैयाँ रहेको छ । 

Post Your Comment