Market Closed

सिटी एक्सप्रेसको आइतबारदेखि ७ लाख ३६ हजार ८७ कित्ता सेयर लिलामी खुल्ने

11 Jan,2019
  • auction_img_1_11_2019_1_36_07.png
नेपाली पैसा 
 
काठमाडौं : सिटी एक्सप्रेस फाइनान्सको आइतबार (पुस २९ गते) देखि ७ लाख ३६ हजार ८७ कित्ता सेयर लिलामी खुल्ने भएको छ । । सिटी एक्सप्रेसले संस्थापक समूहको २ लाख ५७ हजार ६३१ कित्ता र सर्वसाधरणको ४ लाख ७८ हजार ४५६ कित्ता सेयर लिलामीमा ल्याउन लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।

सिटी एक्सप्रेसको नेप्सेमा बिहीबार प्रतिकित्ता १०९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । लगानीकर्ताले लिलामी भर्दा बजार भाउलाई पनि याद गर्नुपर्ने हुन्छ ।  यसमा आवेदन दिने अन्तिम म्याद माघ ६ गतेसम्म हुनेछ ।

कम्पनीले यसअघि भदौ १ देखि असोज ४ गतेसम्म २५ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । जसमा ७ लाख ३६ हजार ८७ कित्तामा आवेदन पर्न सकेको थिएन । नबिकेको सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।
 
लगानीकर्ताले बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट, कमलादी काठमाडौं तथा सिटी एक्सप्रेसको मुख्य कार्यालय दरबारमार्ग घण्टाघर, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

यसैगरी, बैंक अफ काठमान्डूको विराटनगर, जनकपुर, हेटौडा, पोखरा, बुटवल वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत, नारायणगढ र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन पाउनेछन् । 

हाल यस कम्पनीको चुक्ता पुँजी ३१ करोड ७५ लाख ९६ हजार रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि सटी एक्सप्रेसको चुक्ता पुँजी ५३ करोड २ लाख २५ हजार रुपैयाँ पुग्नेछ । 
 

Post Your Comment