Market Closed

सेन्ट्रलको १० लाख ८८ हजार कित्ता हकप्रद बिकेन, बढी माग गर्नेको पैसा आइतबारदेखि फिर्ता

30 Mar,2018
  • Central-finance-company-Ltd_3_30_2018_12_27_07.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेन्ट्रल फाइनान्सको हकप्रद बाँडफाँट भएको छ । सेन्ट्रलले २६ लाख ३ हजार ३१४.०७५ कित्ता सेयर बिक्री खुला गरेकोमा १५ लाख १५ हजार १३६ कित्ताका लागि मात्र आवेदन परेको हो । यस हिसाबले १० लाख ८८ हजार १७८.०७५ कित्ता हकप्रद बिक्री हुन सकेन । ९ हजार १९५ जनाले मात्र हकप्रद भरेका थिए । बिक्री नभएको बाँकी सेयर सेन्ट्रलले अब लिलामीमा ल्याउनेछ । 
 
यता, कम्पनीले आफ्नो हकभन्दा बढी सेयर माग गर्नेलाई आइतबार (चैत १८ गते) देखि पैसा फिर्ता दिने भएको छ । चेक फिर्ता लिन आवेदन दिएकै संकलन केन्द्रमा सम्पर्क गर्नुपर्नेछ । सेन्ट्रलले पुस २३ गतेदेखि फागुन १३ गतेसम्मको समय सीमा तोकेर २६ लाख ३ हजार ३१४.०७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

हाल सेन्ट्रलको चुक्ता पुँजी ५२ करोड ६ लाख ६३ हजार रुपैयाँ छ । अब बाँकी रहेको सेयर लिलामी मार्फत बेचिसकेपछि चुक्ता पुँजी ७८ करोड ९ लाख ९४ हजार २२२ रुपैयाँ पुग्नेछ । यस फाइनान्सले गत वर्षको कमाईबाट ८.५% बोनस सेयर दिने घोषणा गरिसकेको छ । ५०% हकप्रदपछि कायम हुने ७८ करोड ९ लाख ९४ हजार २२२ रुपैयाँ चुक्ता पुँजीबाट बोनस सेयर दिने निर्णय गरिएको हो ।

५०% हकप्रद भर्नेले पनि बोनस पाउनेछन् । कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्न ३४ लाख ९३ हजार ९२२ रुपैयाँ नगद लाभांश पनि दिनेछ । बोनस सेयर वितरणपछि सेन्ट्रलको चुक्ता पुँजी ८४ करोड ७३ लाख ७८ हजार ७३१ रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सेन्ट्रलले २ करोड २६ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सेन्ट्रलको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ९१ पैसा छ । 
 
 
 

Post Your Comment