Market Closed

सेन्ट्रल फाइनान्सको १० लाख ८५ हजार कित्ता सेयर लिलामी खुल्यो, उपत्यका बाहिर पनि सुविधा

03 May,2018
  • Central-finance-compa__5_3_2018_10_17_41.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेन्ट्रल फाइनान्सले १० लाख ८५ हजार ९३९.०७५ कित्ता सेयर बिहीबार (वैशाख २० गते) देखि लिलामी खुला गरेको छ । कम्पनीले संस्थापक समूहको ९ लाख ८१ हजार ७०८.७२५ कित्ता र सर्वसाधारण समूहको १ लाख ४ हजार २३०।३५ कित्ता सेयर लिलामीमा ल्याएको हो ।यसमा वैशाख २७ गतेसम्म आवेदन दिन सकिनेछ । दुवै समूहको सेयरमा न्यूनतम १०० रुपैयाँ वा यसभन्दा बढी भाउ तोकेर बोलपत्र पेश गर्नुपर्नेछ ।

संस्थापक समूहको सेयर न्यूनतम १ हजार कित्ता र सर्वसाधारणमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट तथा यसका लादरबार काठमाडौं, चिप्लेढंगा पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट आवेदन दिन सकिनेछ ।

यसैगरी, सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुर तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि बोलपत्र भर्न पाइनेछ । 
 

Post Your Comment