Market Closed

सेन्ट्रल फाइनान्सको खुद नाफा २२.८०% खुम्चिदा, प्रतिसेयर आम्दानी कति ?

04 May,2018
  • Central-finance-compa__5_4_2018_2_38_57.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेन्ट्रल फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ५३ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा २२.८०% ले घटेको हो । गत वर्ष यसले ५ करोड ८७ लाख १७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
 
खुद व्याज आम्दानी तथा सञ्चालन नाफा पनि क्रमशः १२% र १७.९०% ले घटेको छ । गत वर्ष ९ करोड ७५ लाख खुद व्याज आम्दानी गरेको सेन्ट्रलले यो त्रैमासमा ८ करोड ५८ लाख १६ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको हो । यस्तै, सञ्चालन नाफा पनि ७ करोड ३० लाखबाट ६ करोड ८ हजार रुपैयाँमा खुम्चिएको छ । 
 
चुक्ता पुँजी ६७ करोड २२ लाख २६ हजार रुपैयाँ यो फाइनान्सको जगेडा कोषमा भने २० करोड ९ लाख ९८ हजार छ । निक्षेप २ अर्ब ८८ करोड ७५ लाख २४ हजार रुपैयाँ संकलन गरी २ अर्ब ५८ करोड ९६ लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गर्न कम्पनी सफल भएको देखिन्छ ।  
 
 खराब कर्जा गत वर्षको तुलनामा घटेको छ । गत वर्ष १.२६% रहेको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा ०.८९% मा झरेको छ  । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७४ पैसा रहेको सेन्ट्रलको प्रतिसेयर नेटवर्थ भने १२९ रुपैयाँ ९० पैसा छ ।

http://www.nepalipaisa.com/documentviewer.aspx/CFCL/Central-Finance-Co.-Ltd./file/central_finance_ltd,_3rd_qtr_watermark_5_4_2018_10_45_19_AM.pdf
 

Post Your Comment