Market Closed

सेन्ट्रलले ९ लाख ८१ हजार कित्ता संस्थापक सेयर फेरि लिलामी गर्दै

21 May,2018
  • Central-finance-company-Ltd_5_21_2018_10_48_25.jpg
नेपाली पैसा
 
काठमाडौं : सेन्ट्रल फाइनान्सले ९ लाख ८१ हजार ७०८.७२५ कित्ता संस्थापक सेयर जेठ १४ गतेदेखि पुनः लिलामी गर्ने भएको छ । कम्पनीले यसअघि पनि सोही संख्यामा संस्थापक सेयर लिलामीमा ल्याएको थियो । तर त्यसबेला कोही पनि संस्थापकबाट आवेदन नपरेपछि सर्वसाधारणले पनि भर्न पाउने गरी फेरि लिलामी गर्न लागेको हो ।
 
यसमा जेठ २१ गतेसम्म आवेदन दिन सकिनेछ । प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
 
लिलामीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ । यसैगरी, सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यलय कुपण्डोल ललितपुर तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि आवेदन दिन पाइन्छ ।

Post Your Comment