Market Closed

सेन्ट्रलले लिलामी नपरेको पैसा फिर्ता गर्दै, जेठ १४ देखि फेरि ९ लाख ८१ हजार कित्ता लिलामी

23 May,2018
  • Central-finance-company-Ltd_5__5_23_2018_10_54_52.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेन्ट्रल फाइनान्सले बुधबार (जेठ ९ गते) देखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिन सुरु गरेको छ । कम्पनीले लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकम फिर्ता गर्ने जनाएको छ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आवद्ध भएका बैंक तथा वित्तीय संस्थाको इन्टर बैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाइने छ ।
 
यता, आवेदन फारममा बैंक तथा बित्तीय संस्थाको नाम उल्लेख नगरेका सेयरधनीको हकमा भने चेकद्धारा रकम फिर्ता गरिने छ । सेन्ट्रलले वैशाख २० गतेदेखि २७ गतेसम्म संस्थापक समूहको ९ लाख ८१ हजार ७०८.७२५ कित्ता र सर्वसाधारण समूहको १ लाख ४ हजार २३०.३५ कित्ता सेयर लिलामीमा ल्याएको थियो । जसमा सर्वसाधारण समूहको १ लाख ४ हजार २३०.३५ कित्ता सेयरमा मात्र आवेदन परेको थियो । 
 
संस्थापक समूहको ९ लाख ८१ हजार ७०८.७२५ कित्तामा आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणले समेत भर्न पाउने गरी पुनः जेठ १४ गतेदेखि लिलामीमा ल्याउन लागेको छ । यसअघि सेन्ट्रलले पुस २३ गतेदेखि फागुन १३ गतेसम्म २६ लाख ३ हजार ३१४.०७५ कित्ता (५०%) हकप्रद सेयर निष्कासन गरेको थियो ।

हाल यस कम्पनीको चुक्ता पुँजी ६७ करोड २२ लाख २६ हजार रुपैयाँ छ । लिलामीमा सेयर बिक्री भएपछि पुँजी ७८ करोड ९ लाख ९४ हजार २२२ रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ४ करोड ५३ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७४ पैसा रहेको सेन्ट्रलको प्रतिसेयर नेटवर्थ भने १२९ रुपैयाँ ९० पैसा छ । 
 
 
 
 
 

Post Your Comment