Market Closed

सेन्ट्रलको ९ लाख ८१ हजार कित्ता सेयर आयो लिलामीमा, सर्वसाधारणले बोलकबोल गर्न पाउने

28 May,2018
  • Central-finance-compan_5_28_2018_10_13_34.jpg
नेपाली पैसा
 
काठमाडौं : सेन्ट्रल फाइनान्सले सोमबारदेखि (जेठ १४ गते) देखि ९ लाख ८१ हजार ७०८.७२५ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । कम्पनीले यसअघि पनि सोही संख्यामा संस्थापक सेयर लिलामी खुला गरेको थियो । तर त्यसबेला आवेदन नपरेपछि सर्वसाधारणले समेत भर्न पाउने गरी फेरि लिलामीमा ल्याएको हो । 
 
यसमा जेठ २१ गतेसम्म आवेदन दिन सकिनेछ । प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 
 
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ ।

यसैगरी, सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुर तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि लिलामी भर्न पाइनेछ ।  
 

Post Your Comment