Market Closed

सेन्ट्रलको ९ लाख ८१ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन, सर्वसाधारणलाई पनि मौका

04 Jun,2018
  • Central-finance-company-Ltd_6_4_2018_11_13_11.jpg
नेपाली पैसा
 
काठमाडौं : सेन्ट्रल फाइनान्सको ९ लाख ८१ हजार ७०८.७२ कित्ता संस्थापक सेयर लिलामी भर्ने सोमबार (जेठ २१ गते) अन्तिम दिन हो । कम्पनीले यसअघि पनि सोही संख्यामा संस्थापक सेयर लिलामी खुला गरेको थियो । तर त्यसबेला आवेदन नपरेपछि सर्वसाधारणले समेत भर्न पाउने गरी जेठ १४ बाट फेरि लिलामीमा ल्याएको हो ।
 
यसमा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
 
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ ।
 
यसैगरी, सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुर तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि लिलामी भर्न पाइनेछ ।

Post Your Comment