चौतारी लघुवित्तको आइपीओमा पहिलो दिनमै लाग्यो ओइरो, ३७ करोडको आवेदन

05 Dec,2018
  • ipo_s_12_5_2018_4_59_47.jpg
नेपाली पैसा
 
काठमाडौं : चौतारी लघुवित्तको आइपीओमा पहिलो दिनमै लगानीकर्ताको ओइरो लागेको छ । पहिलो दिन (बुधबार) यो आइपीओमा ३७ करोड रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार बुधबार ४.३० बजेसम्ममा ६२ हजार जनाले ३७ लाख कित्ताका लागि आवेदक दिएका हुन् । यो माग भन्दा ६.६० गुणा धेरै आवेदन हो । 
 
कम्पनीले बुधबार (मंसिर १९ गते) देखि ५ लाख ६० हजार ७०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । कुल ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता (०.५०%) सेयर कर्मचारी र ३० हजार कित्ता (५%) सेयर म्युचुअल फन्डलाई छुट्यएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न खुला गरिएको हो ।
 
यसमा मंसिर २३ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम ५० देखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन् । यसमा एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
 
चौतारीको जारी पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ । यसमध्ये १२ करोड ६० लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । कम्पनीले चालु आर्थिक वर्षमा ३ करोड ७३ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । आव २०७६।७७ मा ४ करोड ६८ लाख र आव २०७७।७८ मा ५ करोड ७९ रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण छ ।
 
कम्पनीले चालु आवमा प्रतिसेयर आम्दानी २० रुपैयाँ ९ पैसा र आव २०७६।७७ मा २५ रुपैयाँ २१ पैसा पुर्याउने प्रक्षेपण गरेको छ । चौतारी लघुवित्तले लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका ४ वटा जिल्लालाई कार्यक्षेत्र बनाएको छ । यसको केन्द्रीय कार्यालय बुटवलमा छ ।
 

Post Your Comment