चौतारी लुघवित्तको आइपीओमा लगानीकर्ताको यस्तो मोह : दोस्रो दिनमै ९१ करोडको आवेदन

06 Dec,2018
  • ipo_omg_10_26_2018_5_54_33.jpg
नेपाली पैसा 
 
काठमाडौं : चौतारी लघवित्तको आइपीओमा लगानीकर्ता आकर्षण ह्वात्तै बढेर गएको छ । दोस्रो दिन बिहीबार साँझसम्ममा यो आइपीओमा ९१ करोड ४ लाख ३६ हजार रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार बुधबार साँझसम्ममा १ लाख ४७ हजार ६१७ जनाले ९१ लाख ४ हजार ३६० कित्ताका लागि आवेदन दिएका हुन् ।

सेयर भर्नेको संख्या अझै बढ्ने देखिन्छ । यो आइपीओमा आइतबारसम्म आवेदन दिन पाइनेछ ।चौतारीको आइपीओमा पहिलो दिनमै लगानीकर्ताको ओइरो लागेको थियो । पहिलो दिन (बुधबार) साँझसम्मा यो आइपीओमा ३७ करोड रुपैयाँको आवेदन दिएका थिए। 
 
चौतारी लघुवित्तले बुधबार (मंसिर १९ गते) देखि ५ लाख ६० हजार ७०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । कुल ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता (०.५०) सेयर कर्मचारी र ३० हजार कित्ता (५%) सेयर म्युचुअल फन्डलाई छुट्यएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न खुला गरिएको हो ।
 
लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । सी–आस्वाको माध्यमबाट सेयर भर्न सकिनेछ । यसमा एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
 
चौतारीको जारी पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ । यसमध्ये १२ करोड ६० लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । कम्पनीले चालु आर्थिक वर्षमा ३ करोड ७३ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । आव २०७६।७७ मा ४ करोड ६८ लाख र आव २०७७।७८ मा ५ करोड ७९ रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण छ ।
 
कम्पनीले चालु आवमा प्रतिसेयर आम्दानी २० रुपैयाँ ९ पैसा र आव २०७६।७७ मा २५ रुपैयाँ २१ पैसा पुर्याउने प्रक्षेपण गरेको छ । चौतारी लघुवित्तले लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका ४ वटा जिल्लालाई कार्यक्षेत्र बनाएको छ । यसको केन्द्रीय कार्यालय बुटवलमा छ ।
 

Post Your Comment