Market Closed

नेप्सेमा एकै दिन थपियो १ करोड ३ लाख ४२ हजार कित्ता सेयर, कुन कम्पनीको के भयो सूचीकरण ?

11 Mar,2018
  • listings_template_3_11_2018_1_59_02.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा आइतबार ८ वटा कम्पनीको १ करोड ३ लाख ४२ हजार ४२३.०८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । सूचीकृत हुनेमा २ वटा हाइड्रोपावर कम्पनी, २ विकास बैंक, ३ लघुवित्त वित्तीय संस्था, र १ फाइनान्स कम्पनी रहेका छन् । जसमा सबैभन्दा धेरै चिलिमे हाइड्रोपावर कम्पनीको ५१ लाख ७१ हजार ८८६.७२ कित्ता बोनस सेयर रहेको छ ।

यसैगरी, कैलास विकास बैंकको २२ लाख ९१ हजार ४८८ कित्ता, एक्सल डेभलपमेन्ट बैंकको ११ लाख ५८ हजार ३०२.२५ कित्ता र गुुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको १० लाख ९१ हजार २४९.३१ कित्ता बोनस सेयर पनि सूचीकरण भएको छ ।



सूचीकृत हुने अन्य कम्पनीमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाको २ लाख २० हजार कित्ता, बरुण हाइड्रोपावर कम्पनीको १ लाख २१ हजार ५०० कित्ता, स्वरोजगार लघुवित्त वित्तीय संंस्थाको १ लाख ७४ हजार ९९६.८० कित्ता र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १ लाख १३ हजार कित्ता रहेका छन् । सेयर संख्या थपिंदा पुँजी बजारको आकार थप फराकिलो हुन्छ । यसले बजारमा आपूर्ति पनि बढाउनेछ । 
 

Post Your Comment