Market Closed

२० प्रतिशत लाभांश दिन लागेको चिलिमेको पुस २९ मा साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?

16 Dec,2016
  • Chilime_Hydropower_02_12_16_2016_12_59_29.jpg
नेपाली पैसा 
 
काठमाडौं : चिलिमे हाइड्रोपावरको साधारण सभा पुस २९ मा हुने भएको छ । 
 
नेपाल प्रज्ञा प्रष्ठिान कमलादीमा दिउँसो १ बजे सुरु हुने साधारण सभामा कम्पनीले २० प्रतित लाभांश प्रस्ताव गर्दैछ । 
 
कम्पनीले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नै नगद लाभांश दिने प्रस्ताव गरेको छ । 
१० प्रतिशत नगद लाभांश दिन कम्पनीले ३१ करोड ३४ लाख ४७ हजार ६ सय ८० रूपैयाँ खर्च गर्नेछ । 
 
१० प्रतिशत बोनस सेयर वितरण गर्न कम्पनीको अधिकृत पुँजी र जारी पुँजीमा वृद्धि गर्ने प्रस्तावसमेत साधारण सभामा लगिंदैछ । 
 
साधारण सभाका लागि पुस ८ देखि २९ गतेसम्म सेयरधनी दर्ता किताब (बुक क्लोज) बन्द गर्ने भएको छ । 
 

Post Your Comment