चिलिमेको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, यस्तो छ बुक क्लोज मिति

22 Dec,2016
  • chcl_12_22_2016_12_05_41.jpg
नेपाली पैसा 
 
काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनीको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । 
 
कम्पनीले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस दिन दिंदैछ । लगानीकर्ताले यही १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश सुरक्षित गर्न बिहीबार (आज) सम्म सेयर खरिद गरिसक्नुपनर्नेछ । 
 
साधारण सभा प्रयोजनका लागि चिलिमेले पुस ८ देखि पुस २९ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्नेछ । 
 
चिलिमेले २० प्रतिशत लाभांश पारित गराउन पुस २९ मा साधारण सभा बोलाएको छ । यो प्रस्ताव पनि साधारण सभाले पारित गरेपछि लाभांश वितरण प्रक्रिया सुरु हुनेछ । 
 
चिलिमेको सेयर पुँजी तीन अर्ब १३ करोड ४४ लाख ७७ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भमा चार अर्ब ६३ करोड रुपैयाँ भन्दा बढी पैसा छ । 
 
चिलिमेले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड भन्दा बढि नाफा कमाएको छ ।
 

Post Your Comment