Market Closed

हाइड्रोपावर कम्पनीहरु : कसको नाफा कति, के भयो प्रतिसेयर आम्दानी ? (तथ्यांकसहित)

17 Nov,2017
  • hydro_nese_11_17_2017_5_23_58.jpg
समिर गौतम 
 
काठमाडौं : नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । सूचीकृत वाणिज्य बैंक समूहका सबै कम्पनीको प्रगति विवरण आइसकेको छ भने अन्य सूचीकृत समूहका कम्पनीको रिपोर्ट आउनेक्रम पनि बढेको छ । यहीक्रममा बिहीबार एकैपटक ७ वटा हाइड्रोपावर कम्पनीले वित्तीय विवरण सार्वजनिक गरे । अहिलेसम्म पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने हाइड्रोपावर कम्पनी १२ वटा पुगिसकेका छन् । यी १२ कम्पनीमध्ये सबैभन्दा तगडा चिलिमे हाइड्रोपावर देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चिलिमेले ३० करोड ९१ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस कम्पनीको प्रतिसेयर आम्दानी पनि उच्च छ । यसको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ २५१ रुपैयाँ २६ पैसा छ । यता, बुटवल पावरले पहिलो त्रैमासमा ७ करोड २२ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण निकालेको छ । यस कम्पनीको नाफा गत वर्षको यसै अवधिको भन्दा बढेको हो । गत वर्ष बुटवलले २ करोड १५ लाख ८६ हजार रुपैयाँमात्र खुद नाफा कमाएको थियो । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ८५ पैसा छ । कम्पनीको सेयर पुँजी १ अर्ब ८१ करोड ५ लाख ७२ हजार रुपैयाँ छ ।


चुक्ता पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको नेसनल हाइड्रोपावरको रिजर्भ कोष भने सबैभन्दा कमजोर देखिएको छ । रिजर्भ कोष ४२ करोड ४ लाख ४ हजार रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ पनि ७० रुपैयाँमात्र छ । यो हाइड्रोपावरमा लामो समयदेखि सञ्चालकको विवाद चल्दै आएको छ । यता, सानिमा माई हाइड्रोपावरले १५ करोड १९ लाख ८२ हजार रुपैयाँ खुद नाफा गरेको छ । यसको खुद नाफा गत वर्षको भन्दा घटेको हो । गत वर्ष यही अवधिमा यो हाइड्रोको खुद नाफा १७ करोड ३ लाख ७५ हजार रुपैयाँ थियो । अरुण काबेली भने नोक्सानमा गएको छ । यो कम्पनीले पहिलो त्रैमासमा ९ लाख ६५ हजार नोक्सान भोगेको हो । यसको रिजर्भ कोष पनि १ करोड ४८ लाख ८९ हजार रुपैयाँ ऋणात्मक छ । यता, हालैमात्र आइपीओ बिक्री गरी नेप्सेमा सूचीकृत भएको हिमालयन पावर पार्टनरले भने रिपोर्टमा खुद नाफा, रिजर्भ कोष प्रतिसेयर आम्दानीलगायत विवरण दिएको छैन । यसको चुक्ता पुँजी १ अर्ब ६ करोड रुपैयाँ छ । छ्याङ्दी हाइड्रोपावरले पनि ३ महिनाको अवधिमा ७१ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको विवरण पेस गरेको छ । छ्याङ्दीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६६ पैसा छ
 
 
 
 

Post Your Comment