Market Closed

चिलिमेले १०% नगद लाभांश बैंक खातामै पठाउने, कहिलेदेखि हुँदैछ वितरण ?

05 Dec,2017
  • chilime-hydropower-company-ltd_12_5_2017_11_23_44.jpg
नेपाली पैसा
 
काठमाडौं : चिलिमे जलविद्युत कम्पनीले १०% नगद लाभांश मंसिर २७ गतेदेखि सेयरधनीको बैंक खातामा जम्मा गरिदिने भएको छ । कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गरिसकेका सेयरधनीलाई खातामा लाभांश जम्मा गरिदिने भएको हो । हालसम्म पनि सेयर डिम्याट नगराएका सेयरधनीले लाभांश पाउन तत्काल सेयर डिम्याट गराई बैंक खाता अद्यावधिक गराउनुपर्नेछ । चिलिमेको कात्तिक २४ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाले १० प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर पारित गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३० करोड ९१ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो त्रैमाससम्म कमपनीको सेयर पुँजी ३ अर्ब ४४ करोड ७९ लाख २४ हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ २५१ रुपैयाँ ५९ पैसा छ ।

Post Your Comment