Market Closed

चिलिमेले बोलायो नगद लिन, डिम्याट गरेका र नगरेकाहरुको यसरी आउँछ पालो

18 Dec,2017
  • chilime-hydropower-company-lt_12_18_2017_2_00_14.jpg
नेपाली पैसा
 
काठमाडौं : चिलिमे जलविद्युत कम्पनीले १०% नगद लाभांश लिन सेयरधनीहरुलाई बोलाएको छ । सेयर डिम्याट गरेका सेयरधनीलाई पुस २० गतेदेखि र अहिलेसम्म पनि डिम्याट नगराई कागजी प्रमाणपत्र नै राखेका सेयरधनीलाई आइतबार (पुस २ गते) देखि नगद लाभांश लिन सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर नक्सालमा बोलाएको हो । कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गरिसकेका सेयरधनीलाई भने मंसिर २७ गतेदेखि नै लाभांश खातामा जम्मा गरिदिन थालिसकेको छ । तर हालसम्म पनि डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका र भौतिक रुपमा सेयर भएका सेयरधनीलाई भने सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलबाट नगद लाभांश दिने व्यवस्था मिलाएको हो । लाभांश आइतबारदेखि बिहीबारसम्म बिहान १० देखि दिउँसो ३ बजेसम्म वितरण हुनेछ । शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्र वितरण हुनेछ । चिलिमेको कात्तिक २४ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाले १० प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर पारित गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३० करोड ९१ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो त्रैमाससम्म कमपनीको सेयर पुँजी ३ अर्ब ४४ करोड ७९ लाख २४ हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ २५१ रुपैयाँ ५९ पैसा छ ।
 
 
 
 
 

Post Your Comment