Market Closed

चिलिमेले डिम्याट खातामा जम्मा गर्यो १५% बोनस, डिम्याट नगरेकाले के गर्ने ?

25 Mar,2018
  • chilime-hydropower-company-ltd_3_25_2018_11_58_15.jpg
नेपाली पैसा
 
काठमाडौं : चिलिमे जलविद्युत कम्पनी लिमिटेडले १५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत असोज २७ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामै जम्मा गरिएको जनाएको छ ।

हालसम्म भौतिक रुपमै सेयर लिएका सेयरधनीलाई तत्काल सेयर अभौतिकीकरण गर्न पनि चिलिमेले आग्रह गरेको छ । सेयर डिम्याट गराएपछि मात्र बोनस सेयर खातामा जम्मा हुनेछ । कम्पनीको गत कात्तिक २४ गते बसेको २१ औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको १५% बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ५२ करोड ४६ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ २३ पैसा रहेको छ ।

Post Your Comment