Market Closed

चिलिमेको खुद नाफा ३.९५% ले ओरालो लाग्यो, रिजर्भ कोषमा ४ अर्ब ७० करोड

10 May,2018
  • chilime-hydropower-company-ltd_5_10_2018_11_26_56.jpg
नेपाली पैसा
 
काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३.९५% ले घटेको छ । गत आर्थिक वर्षको यही अवधिमा ६८ करोड ५६ लाख रुपैयाँ रहेको खुद नाफा अहिले ६५ करोड ८५ लाख १७ हजार रुपैयाँमा सीमित भएको छ । चिलिमेको विद्युत बिक्रीबाट हुने आम्दानी ४.९६% घटेर ८४ करोड ६५ लाख ८९ हजार रुपैयाँमा आएको छ ।
 
चिलिमेको सेयर पुँजी ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा सेयर पुँजी १५% ले बढेको हो । यसको रिजर्भ कोषमा ४ अर्ब ७० करोड २७ लाख ५० हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ ६० पैसा रहेको छ । 

Post Your Comment