Market Closed

चिलिमेको २५% लाभांश प्रस्ताव पारित गर्न आज एजीएम, के–के छन् प्रमुख एजेन्डा ?

11 Jan,2019
  • chilime-hydropower-company-ltd_8_12_2018_10_23_11.jpg
नेपाली पैसा
 
काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनीको साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा शुक्रबार (पुस २७ गते) बिहान ११ बजे सुरु हुँदैछ । कम्पनीले २५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । चिलिमेले गत वर्षको नाफाबाट २०% बोनस सेयर र ५% नगद लाभांश वितरण गर्न लागेको हो ।
 
साधारण सभा गर्न चिलिमेले पुस १९ गते बुक क्लोज गरिसकेको छ । पुस १८ गतेसम्म मात्र कायम सेयरधनीले लाभांश पाउनेछन् । सभामा अधिकृत तथा जारी पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार रुपैयाँ पुग्नेछ । चिलिमेको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २३२ रुपैयाँ २० पैसा छ ।
 
 

Post Your Comment