Market Closed

चिलिमेको २५% लाभांश पारित, अब लगानीकर्ताको खातामा पठाउने प्रक्रिया सुरु हुने

11 Jan,2019
  • chilime_agm_1_11_2019_3_06_31.jpg
नेपाली पैसा  
 
काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनीको २५% लाभांश पारित भएको छ । कम्पनीको शुक्रबार सम्पन्न साधारण सभाले लाभांश प्रस्ताव अनुमोदन गरेको हो । चिलिमेले यसपटक लगानीकर्तालाई २०% बोनस सेयर र ५% नगद लाभांश दिएको हो ।

अब केही दिनपछि लाभांश लगानीकर्ताको खातामा पठाउन सुरु हुने कम्पनीको भनाई छ । साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा भएको हो। अधिकृत तथा जारी पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि अनुमोदन भएको छ । 
 
हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ छ । बोनस वितरणपछि पुँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार रुपैयाँ पुग्छ । चिलिमेको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २३२ रुपैयाँ २० पैसा छ ।
 

Post Your Comment