Market Closed

चिलिमे हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

12 Nov,2019
  • chilime-hydropower-company-ltd_8_12_2018_10_23_11.jpg
नेपाली पैसा

काठमाडौं : चिलिमे जलविद्युत कम्पनीको २५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले साधारण सभा प्रयोजनका लागि कार्तिक २७ गते बुधबारदेखि सेयरधनी पुस्तिका बन्द गर्दैछ । तसर्थ मंगलबारसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न सक्नेछन् । चिलिमेले मंसिर ११ गते एजीएम बोलाएको छ ।
 
कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २०% बोनस सेयर र ५% नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष पनि चिलिमेले २०% बोनस सेयर र ५% नगद लाभांश गरी कुल २५% लाभांश वितरण गरेको थियो । 
 
कम्पनीले ९५ करोड १६ लाख २७ हजार १५६ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, २३ करोड ७९ लाख ६ हजार ७८९ रुपैयाँ नगद लाभांश बाँड्नेछ । हाल चिलिमेको चुक्ता पुँजी ४ अर्ब ७५ करोड ८१ लख रुपैयाँ रहेको छ । बोनस वितरण पछि भने कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।
 
 

Post Your Comment