छ्याङ्दी हाइड्रोपावरको ५ लाख ४० हजार कित्ता आइपीओ भर्ने आज अन्तिम दिन, यी हुन फारम पाइने ठाँउ

01 Jun,2017
  • IPO_6_1_2017_10_52_49.jpg
नेपाली पैसा 
 
काठमाडौं : छ्याङ्दी हाइड्रोपावरको ५ लाख ४० हजार कित्ता आइपीओ भर्ने आज (बिहीबार) अन्तिम दिन हो । बिहीबार बैंकिङ समयसम्ममात्र यो आइपीओ भर्न सकिनेछ । कम्पनीले निष्कासन गरेको कुल सेयरमध्ये १० हजार ८०० कित्ता सेयर कर्मचारीलाई छुट्याएको छ भने २७ हजार कित्ता सामूहिक लगानी कोषलाई दिएको छ । यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यो आइपीओमा न्यूनतम ५० देखि अधिकतम २७ सय कित्तासम्म आवेदन दिन पाइनेछ । साधारण सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २७ करोड पुग्नेछ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड जमल, छ्याङ्दी हाइड्रोपावर गैरीधारा तथा ग्लोबल आइएमई बैंकको अधिकांश शाखा कार्यालयबाट आवेदन फारम बुझाउन सकिनेछ । 
 
यस्तै, काठमाडौं क्यापिटल मार्केट काठमाडौं प्लाजा, प्रभु क्यापिटल कमलादी, जनरल फाइनान्सको काठमाडौं न्युरोड र चाबहिल शाखा कार्यालयबाट पनि आवेदन फारम भर्न र बुझाउन सकिनेछ । यता रिलायबल क्यापिटल सुन्धारा, एनसीएम मर्चेन्ट कमलपोखरी, एनआइसी एसिया क्यापिटल बबरमहल, सानिमा क्यापिटल नक्सालमा पनि आवेदन दिन सकिनेछ । सिभिल क्यापिटल कमलादी, भिबोर क्यमपिटल पुल्चोक र आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन पाइनेछ ।  
 
 
 

Post Your Comment