Market Closed

छ्याङ्दीको आइपीओमा ३ अर्ब ७८ करोडको आवेदन, आस्वामा यसरी ओइरिए लगानीकर्ता

02 Jun,2017
  • IPO_6_2_2017_1_58_05.jpg
नेपाली पैसा 
 
काठमाडौं : छ्याङ्दी हाइड्रोपावरमा कुल ३ अर्ब ७८ करोड २८ लाख २ हजार ३०० सय रुपैयाँको सेयर आवेदन परेको छ । कुल ९१ हजार ७ सय ७१ जनाले सेयर भरेका छन् । आस्वाबाट ६१ हजार ४ सय ५५ जनाले आवेदन दिएका हुन् । सामूहिक लगानी कोष र कर्मचारीबाहेक हिसाब गर्दा ७५.३२ गुणा बढी आवेदन परेको देखिन्छ । अझै अन्तिम रुजु हुन बाँकी रहेकाले यो तथ्यांकमा सामान्य फेरबदल हुन सक्ने बिक्री प्रबन्धकको भनाई छ । यसमा केही संस्थागत लगानीकर्ताले पनि सेयर भरेका छन् । धितोपत्र बोर्डको निर्देशन अनुसार संस्थागत  लगानी गर्न नपाइने भएकाले यो रकम भने फिर्ता हुनेछ । संस्थागतलाई हटाएपछि कुल आवेदक संख्या र रकममा केही कमी हुन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ । धितोपत्र बोर्डको पछिल्लो निर्देशन अनुसार आइपीओमा प्राकृतिक ब्यक्तिको मात्रै आवेदन दिन पाउने भएकाले संस्थागत लगानीकर्ताको आवेदन फिर्ता गर्नुपर्ने भएको हो । 

बोर्डको निर्देशन छ्याङदीमा लागू हुने वा नहुने भन्ने अन्योल रहेकाले सुरुका २ दिन संस्थागतले पनि लगानी गरेका थिए । तर पछि  बोर्डले छ्याङदीमा पनि लागू हुने भनेपछि आवेदन रद्द भएको हो । तर बिक्री प्रबन्धकले संस्थागतको आवेदन संख्या दिएको छैन । पछिल्लो तथ्यांक अनुसार आस्वाबाट मात्रै यस आइपीओमा ५९ हजार ८१९ जना आवेदकले २ अर्ब ७३ करोड ४२ लाख ६०० रुपैयाँ बराबरको सेयर भरेका छन् । यसैगरी, परम्परागत तरिकाबाट संकलन केन्द्रमा गएर ३० हजार ३१६ जनाले ९८ करोड ८७ लाख २३ हजार ८०० रुपैयाँ बराबरको आवेदन दिएका छन् । छ्याङ्दीले जेठ १४ देखि १८ गतेसम्म ५ लाख ४० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । १०० रुपैयाँ अंकित मूल्यको यो आइपीओमा न्यूनतम ५० देखि २७ सय कित्तासम्म आवेदन दिन पाइने व्यबस्था थियो । कम्पनीले निष्कासन गरेको सेयरमध्ये १० हजार ८०० कित्ता सेयर कर्मचारीलाई छुट्याएको छ भने २७ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषलाइ दिएको छ । 
 
 
 
 

Post Your Comment