छ्याङ्दी हाइड्रोपावरको आइपीओ शनिबार बाँडफाँट हुँदै, तपाइलाई कति पर्ला?

29 Jun,2017
  • IPO_6_29_2017_2_59_05.jpg
नेपाली पैसा
 
काठमाडौं: छ्याङ्दी हाइड्रोपावरको आइपीओ शनिबार (असार १७) गते बाँडफाँट हुने भएको छ । ग्लोबल आइएमई क्यापिटलका अनुसार छ्याङ्दीको आईपीओ असार १७ गते अम्रपाली ब्याङ्क्वेट, बालुवाटार काठमाडौंमा बिहान ९ बजे बाँडफाँट हुनेछ । यो आइपीओमा कुल ३ अर्ब ७२ करोड २९ लाख २४ हजार ४०० रुपैयाँको सेयर आवेदन परेको छ । जसमा कुल ९० हजार ३५ जनाले सेयर भरेका छन् । आस्वाबाट मात्रै ५९ हजार ८१९ जना आवेदकले २ अर्ब ७३ करोड ४२ लाख ६०० रुपैयाँ बराबरको सेयर भरेका छन् । यसैगरी, परम्परागत तरिकाबाट ३० हजार ३१६ जनाको ९८ करोड ८७ लाख २३ हजार ८०० रुपैयाँ बराबरको आवेदन परेको छ । छ्याङ्दीले जेठ १४ गतेदेखि १८ गतेसम्म ५ लाख ४० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । १०० रुपैयाँ अंकित मूल्यको यो आइपीओमा न्यूनतम ५० देखि २७ सय कित्तासम्म आवेदन दिन पाइने व्यवस्था थियो । कम्पनीले निष्कासन गरेको सेयरमध्ये १० हजार ८०० कित्ता सेयर कर्मचारीलाई छुट्याएको छ भने २७ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषलाइ दिएको छ ।

Post Your Comment