Market Closed

छ्याङ्दी हाइड्रोपावरको आइपीओ बाँडफाँट, ७१० कित्तासम्म गोलाप्रथाबाट १० कित्ता सेयर, धेरै पाउनेको हातमा ३४ कित्ता

01 Jul,2017
  • IPO_6_29_2017_2_59_05_7_1_2017_2_44_47.jpg
नेपाली पैसा
 
काठमाडौंः छ्याङ्दी हाइड्रोपावरको आइपीओ आज (शनिबार) बाँडफाँट भएको छ । आइपीओमा ७१० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँट गरिएको छ भने त्यो भन्दा माथि आवेदन दिने सबैले समानुपातिक रुपमा सेयर पाएका छन् । सबैभन्दा बढी २७ सय कित्ता आवेदन दिनेले ३४ कित्ता सेयर हात पारेका छन् । छ्याङ्दीको आइपीओपा कुल ९२ हजार ३८५ जनाले आवेदन दिएकोमा ६८८ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिने ९१ हजार ६९७ जना आवेदकमध्ये कुल ३२ हजार ८२४ जनाले सेयर पाएका छन् ।
 
यो आइपीओमा ३ अर्ब ७२ करोड रुपैयाँ भन्दा धेरैको आवेदन परेको थियो । आइपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो । कम्पनीले जेठ १४ देखि १८ गतेसम्म ५ लाख ४० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । यसमध्ये १० हजार ८०० कित्ता कर्मचारीलाई र २७ हजार कित्ता म्युचुअल फन्डलाई दिएर बाँकी रहेको सेयर आज बाँडफाँट भएको हो । यो आइपीओमा ५० देखि २७ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो । आइपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुगेको छ ।

Post Your Comment