छ्याङ्दी हाइड्रोपावरको २७ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

26 Jul,2017
  • Listing_7_26_2017_3_06_48.jpg
नेपाली पैसा
 
काठमाडौं : छ्याङ्दी हाइड्रोपावरको २७ लाख कित्ता साधारण सेयर बुधबार नेप्सेमा सूचीकृत भएको छ । छ्याङ्दीको सूचीकृत सेयर कारोबार भने १ हप्तापछि मात्र सुरु हुनेछ । कम्पनीले गत जेठ १४ देखि १८ गतेसम्म १०० रुपैयाँ दरको ५ लाख ४० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । यसको बाँडफाँट असार १७ गते भएको हो । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३४ कित्तासम्म सेयर पाएका थिए ।

Post Your Comment