छ्याङ्दीको आएन लोभ्याउने रिपोर्ट, २५ लाख ४६ हजार रुपैयाँ घाटामा

03 Sep,2017
  • chh_9_3_2017_2_57_34.jpg
नेपाली पैसा
 
काठमाडौं : छ्याङ्दी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २५ लाख ४६ हजार ४४४ रुपैयाँ नोक्सान व्यहोरेको छ । छ्याङ्दीको घाटा अघिल्लो आर्थिक वर्षमा भन्दा ५ लाख ३९ हजार ६९६ रुपैयाँले अझै बढेको हो । अघिल्लो वर्ष खुद नोक्सान २० लाख ६ हजार ७४८ रुपैयाँ थियो । कम्पनीले गत जेठ १४ देखि १८ गतेसम्म १०० रुपैयाँ दरको ५ लाख ४० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । यसले गर्दा कम्पनीको सेयर पुँजी भने ४२.२८% वृद्धि भएर २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सेयर पुँजी १८ करोड ९० रुपैयाँ मात्र थियो । यता, कम्पनीको, रिजर्भ कोषमा भने ५३ हजार ३५९ रुपैयाँ मात्र छ । सेयर पुँजीको आधारमा यो रिजर्भ कोष निकै थोरै हो । बिजुली बिक्रीबाट हुने आम्दानी पनि १७ लाख ३२ हजार ४२२ रुपैयाँको गिरावट आएको छ । कम्पनीले बिजुली बिक्रीबाट ८६ लाख ९९ हजार ३३९ रुपैयाँ मात्र आम्दानी गरेको छ । अघिल्लो वर्ष बिजुली बिक्रीबाट १ करोड ४ लाख ३१ हजार ७६१ रुपैयाँ आम्दानी भएको थियो । छ्याङ्दी प्रतिसेयर ९४ पैसा नोक्सानमा छ । यसको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ २ पैसा छ । अघिल्लो वर्ष छ्याङ्दीको प्रतिसेयर १ रुपैयाँ ६ पैसा नाक्सान थियो भने प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ १२ पैसा थियो । 

Post Your Comment